मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो (तस्बिरहरू) « Khabarhub

मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो (तस्बिरहरू)


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मादक पदार्थ सेवन गरी कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले स्वयम्सेवकका रुपमा सडकमा खटाउन थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योजनाअनुसार सवारी नियम उल्लंघन गर्नेहरूलाई बुधबार काठमाडौंका विभिन्न चोकमा खटाएको हो ।

मापसेसहित सवारी नियम मिचेरका कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो। ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन् ।

लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका थिए । गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका थिए। जसलाई बुधबारदेखि नै कार्यान्वयनमा ल्याइएको हो ।

उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका थिए ।

महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउन थालिएको हो।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : १९ बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट