कप्तान कोहलीको शानदार प्रदर्शनमा भारतलाई एकदिवसीय शृङ्खला « Khabarhub

कप्तान कोहलीको शानदार प्रदर्शनमा भारतलाई एकदिवसीय शृङ्खला


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका भ्रमणमा रहेको भारतले वेस्ट ईन्डिजविरुद्वको एकदिवसीय क्रिकेट शृङ्खलामा जीत हात पारेको छ । तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा वेस्ट ईन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको शृङ्खला २–० जीतेको हो । शृङ्खलाको पहिलो खेल बर्षाले प्रभावित भएपछि रद्ध गरिएको थियो ।

योसँगै भारतले वेष्ट इन्डिजविरुद्धको लगातार चौथो शृङ्खलामा सफलता हात पारेको छ । वेस्ट ईन्डिजले पहिला ब्याटिङ गर्दै ३५ औ आभेरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । ओपनर क्रिस गेलले सर्वाधिक ७२ रन बनाएको ईनिङ्समा अर्का ओपनर ईभिन लुईसले ४३ रन बनाएका थिए ।

भारतका खालिल अहमेदले सर्वाधिक ३ विकेट लिएका थिए । डकवर्थ लुईस (डिएल) का आधारमा भारतले २ सय ५५ रनको लक्ष्य पाएको थियो । बर्षाका कारण खेल ३५ ओभरमा झारिएको थियो ।

भारतले ३२.३ ओभरमा ४ विकेट गुमाएर २ सय ५६ रन बनाउँदै लक्ष्य पुरा गर्यो । भारतको जीतमा कप्तान विराट कोहलीले शतक प्रहार गरे । योसँगै उनले करियरको ४३ औ शतक पुरा गरिसकेका छन् । २ शतक प्रहार गरेका कप्तान कोहली ‘म्यान अफ दी सिरिज’ घोषित भएका छन् ।

यस्तै, भारतका श्रेयस अयरले लगातार दोस्रो म्याचमा अर्धशतक प्रहार गर्दै ६५ रन बनाए । सिरिज अन्तर्गत पहिलो खेल बर्षाका कारण रद्व भएको थियो । दोस्रो खेलमा भारतले डकवर्थ लुईसका आधारमा ५९ रनले जीतेको थियो । भारतले वेस्टविरुद्वको पछिल्ला पाँच भिडन्तमा जित निकाल्न सफल भएको छ ।

यसअघि टि–२० शृङ्खलामा क्लिन स्विप गरेको भारतले एकदिवसीय शृङ्खलामा पनि जीत हात पारेको छ भने अब वेष्ट इन्डिजसँग २ खेलको टेस्ट खेल खेल्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १० : ०८ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको