भारत र बंगलादेशमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो « Khabarhub

भारत र बंगलादेशमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

कलकत्ता– बंगलादेश र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

 बुधबार दुबै देशका  स्थानीय अधिकारीहरू र सञ्चारमाध्यमका अनुसार चक्रवातमा परी ६५ जनाको मृत्यु भएको हो । 

आइतबार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले बिस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो ।

बंगलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी बर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामोमध्ये एक’ भएको बताए ।

 विपद् व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बंगलादेशमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको थियो । 

भारतमा एक्काईस जनाको मृत्यु भएको अघिल्लो सङ्ख्या अद्यावधिक गर्दै ४७ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । उत्तरपूर्वी मिजोरम राज्यमा चक्रवातमा परी अधिकांश अठ्ठाइस जनाको मृत्यु भएको थियो जसमध्ये मंगलबार आएको आँधीका कारण परेको खानीमा पुरिएर १४ जना कामदारको ज्यान गएको मिजोराम सरकारले एक विज्ञप्तिमा जानकारी गराएको हो ।

पश्चिम बंगाल राज्यमा दश जनाको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी सुमित गुप्ताले बुधबार बताए । हिन्दुस्तान टाइम्सले उद्धृत गरेको रिपोर्टअनुसार असम, नागाल्यान्ड र मेघालय राज्यमा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

चक्रवातले प्रत्येक वर्ष बंगलादेश र भारतमा ठूलो क्षति पुर्‍याउने गरेको छ ।  वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका छन् । 

यद्यपि, राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको सङ्ख्या भने कम देखिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ७ : ०६ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक