खुट्टाको औलाबाट यसरी थाहा हुन्छ मानिसको स्वभाव « Khabarhub

खुट्टाको औलाबाट यसरी थाहा हुन्छ मानिसको स्वभाव


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि मानिसको स्वभाव हात तथा खुट्टाको औंला र रेखा हेरेर पनि थाहा पाउन सकिन्छ । यहाँ हामीले खुट्टाको औंलाको बारेमा चर्चा गरेका छौं ।

खुट्टाको औंलाबाट मानिसको स्वभाव ?

बुढी औंला : कुनैपनि मानिसको खुट्टाको बुढी औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट मात्र होइन क्रिएटिभ स्वभावका पनि हुन्छन् । ती व्यक्तिले कुनैपनि समस्याको समाधान छिट्टै गर्न सक्ने खालका हुन्छन् । यदि बुढी औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।

दोस्रो औंला : कुनैपनि मानिसको खुट्टाको दोस्रो औंला लामो छ भने त्यस्ता मानिसहरु नेतृत्व गर्न सक्ने स्वभावका हुन्छन् । त्यतिमात्र होइन त्यस्ता मानिसहरु निकै नै गतिशिल र सृजनात्मक हुन्छन् ।

तेस्रो औंला : कुनैपनि मानिसको खुट्टाको तेस्रो औंला लामो छ भने त्यस्ता व्यक्तिहरु कामका लागि निकै नै उर्जावान र सिपालु हुन्छन् । उनिहरु जीवनमा पूर्णता चाहन्छन् । तर त्यस्ता व्यक्तिले आफ्नो कामको लागि परिवार, प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने स्भावका हुन्छन् । यदि तेस्रो औंला सानो छ भने चाहिं त्यस्ता व्यक्तिहरुको जीवन निके रमाईलो हुन्छ । उनिहरु रसिक मानिन्छन् ।

चौथो औंला : यदि कुनैपनि मानिसको चौथो औंला लामो छ भने त्यस्ता मानिसले परिवारलाई निकै नै महत्वपूर्ण मान्छन् । तर चौथो औंला सानो भएका मानिसहरुका लागि भने परिवार र सम्बन्ध खासै महत्वपूर्ण हुँदैन ।

कान्छी औंला : कुनैपनि व्यक्तिको कान्छी औंला सानो छ भने त्यस्ता व्यक्तिहरुको स्वभाव बच्चाको जस्तो हुन्छ । उनिहरु कुनै जिम्मेवारी बहन गर्न मन पराउँदैनन् । तर यस्ता व्यक्तिहरु रमाईलो गर्न भने औधी मन पराउँछन् । यदि कसैले सानो औंलालाई हल्लाउन सक्यो भने त्यस्ता व्यक्तिहरु साहसी र आर्कषक हुन्छन् । अनि सानो औंला हल्लाउन नसक्ने व्यक्ति इमान्दार हुन्छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १० : २७ बजे

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा