टेबलटेनिस च्याम्पियनसिप : नेपाललाई एक रजत र पाँच कास्य « Khabarhub

टेबलटेनिस च्याम्पियनसिप : नेपाललाई एक रजत र पाँच कास्य


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ ।

श्रीलङ्काको क्यान्डीमा आज सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले जानकारी दिए ।

यु–१९ छात्रा डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत पदक जिते । यु–१९ टिम इभेन्टको छात्रमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा छात्रामा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कास्य पदक हात पारेका हुन् ।

यु–१५ को छात्रा सिङ्गल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कास्य पदक प्राप्त गरे ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ९ : ३८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक