इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण  « Khabarhub

इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण 


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २० वटा सुरंगहरू फेला परेको जनाएको छ ।

सीमाको छेउमा रहेको इजरायलले गाजा पट्टीबाट अलग भएपछि सन् २००६ मा हतियार तस्करी रोक्नका लागि सिर्जना गरिएको मध्यवर्ती क्षेत्रको १४ किलोमिटर जमिनलाई ‘फिलाडेल्फी कोरिडोर’ भनेर चिनिन्छ । यो क्षेत्रलाई सन् २००७ मा हमासले प्यालेस्टिनी प्राधिकरणबाट कब्जामा लिएको थियो । 

भूमध्यसागरीय तट नजिकैको एक भाग बाहेक अधिकांश कोरिडोरमा सैनिकहरू भौतिक रूपमा उपस्थित रहेको सेनाले जनाएको छ । निगरानी र फायर पावरद्वारा नियन्त्रित छ ।

सेनाले सीमापारका केही सुरङ्गहरू रहेको जानकारी पाएको जनाउदै कोरिडोर क्षेत्रका ८२ वटा अन्य मार्गहरू पनि नष्ट हुने जनाएको छ ।

आईडीएफले राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा हमासले राखेका दर्जनौँ रकेट लन्चरहरू फेला पारेको छ । सन् १९७८ मा हस्ताक्षर गरिएको क्याम्प डेभिड सम्झौताका सर्तअन्तर्गत सीमा प्राविधिक रूपमा सैनिकरहित क्षेत्र हो ।

इजरायलले मे ७ मा इजिप्टसँगको रफाह सीमाको प्यालेस्टिनी क्षेत्र र अधिकांश सिमानाको नियन्त्रण लिएको थियो । अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा एकै पटक कम्तिमा एक हजार २०० व्यक्ति मारिएको थियो भने २५२ व्यक्तिलाई बन्धक बनाइएको थियो । 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  १२ : १९ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय