उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

सियोल उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार  प्योङयाङले दक्षिण कोरियामा सयौँ ठूला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि  जापानी क्षेत्रमा यो प्रहार गरेको हो । केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो । 

दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ । 

यसैबीच, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि ‘थप गैरकानुनी र अस्थिरकारी कार्यहरू’ रोक्न आह्वान गरेको छ । 

दक्षिण कोरियाली सेनाका उच्च पदस्थ अधिकारीका अनुसार प्योङयाङको सुनान क्षेत्रबाट बिहान करिब ६ बजे १४ मिनेटमा करिब दशवटा प्रक्षेपण गरिएको थियो र समुद्रमा खस्नुभन्दा पहिले करिब तीन सय पचास  किलोमिटर उडेको अनुमान गरिएको थियो । 

दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणविरुद्ध निगरानी र सतर्कता अपनाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो ।

हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले दक्षिण कोरिया, जापान र अन्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँग नजिकबाट परामर्श गरिरहेको बताएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूसँग उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र उक्त क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर रहेको बताए।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ३ : ५३ बजे

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान – इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले