स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी « Khabarhub

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याएका छन् ।

भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटनमा उनले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताए ।

साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने उल्लेख गरे ।

उनले भने, ‘चाँडै उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपभोगसम्बन्धी नीति र कार्य योजना ल्याउँदै छ, यो नीति लागू भएपछि जागरण अभियान सञ्चालन हुनेछ, तत्पश्चात् स्वदेशी वस्तुको उत्पादन बढाउनु पनि अपरिहार्य छ, सरकारले उत्पादनकर्ता र उपभोगकर्ता दुवैलाई विविध सहुलियत गर्छ ।’

साथै साना तथा मझौला उद्यमशीलतालाई प्रोत्साहन गर्न विभिन्न कानुन सुधारका काम मन्त्रालयले अघि बढाइसकेको उनले जानकारी गराए ।

मन्त्री भण्डारीले भने, ‘सरकारबाट प्रवर्द्धनका प्रयास भइरहेका छन्, तीनै तहका सरकारको समन्वयमा उद्यमशीलता प्रवर्द्धनका लागि पनि प्रयास भइरहेको छ, न्यूनतम एउटा पालिकामा १५–२० वटा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।’

मन्त्री भण्डारीले बिदेसिएका युवालाई उद्यमशीलतासँग जोड्न सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गराए । उनले उद्यमशीलतासँग जोडिएका विभिन्न तालिम तथा सीप हस्तान्तरणका कार्यक्रम एकीकृत गराएर गर्न उद्योग मन्त्रालय लागिपरेको बताए ।

साथै उनले सरकारले छिट्टै सरकारी निकायबाट स्वदेशी उत्पादनको उपभोग गर्ने कार्यक्रम ल्याउने जानकारी गराए । उनले उद्योग मन्त्रालयमा स्वदेशी कलम तथा कागजको प्रयोग गर्न सुरु गरिएको र चाँडै अन्य वस्तुको प्रयोग पनि स्वदेशी नै गर्दै जाने बताए ।

 

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : ३६ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको