काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा  « Khabarhub

काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन जेठ ३२ गतेका लागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।

आज बसेको बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक दरबन्दी परिपूर्ति गर्ने लगायतका विषयमा छलफल गरेर प्रस्ताव पारित गरेको छ ।

त्यस्तै बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्ताबेज सम्पादन एवं प्रकाशन कार्यविधि – २०८१’ ‘श्रम बैङ्क सञ्चालन कार्यविधि- २०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि – २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ ।

यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका – २०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि – २०८१’ संशोधनसहित पारित भएका छन् ।

६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वैच्छिक अवकाशमा जान चाहने स्वयम सेविकाहरूलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगको सदस्यमा इञ्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ ।

बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दrप्रसाद शर्माले प्रस्ताव पेश गरेका थिए ।

यस्तै कार्यपालिका सदस्यहरू उदयचुडामणि बज्राचार्य, राजेन्द्रकुमार श्रेष्ठ, ईश्वरमान डंगोल, नवराज पराजुली, कुश ढकाल, दलबहादुर कार्की, विनोकुमार अछामी र महेश नेपालीले विषयमाथि धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी