मन्त्री गिरी भन्छन्-  कानून बनाउन अब जनस्तरबाट सुझाव संकलन गर्छौँ  « Khabarhub

मन्त्री गिरी भन्छन्-  कानून बनाउन अब जनस्तरबाट सुझाव संकलन गर्छौँ 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून बनाउन जनस्तरमा सुझाव संकलन तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा कानूनका विद्यार्थीहरूसँग छलफल गर्दै मन्त्री गिरीले कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताए ।

उनले सुझाव बैंकमार्फत आम नागरिकले कानून संशोधन गर्न सुझाव दिन सकिने बताए । सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिने उनले बताए ।

गिरीले संसदभित्रका  निश्चित सांसदहरूले मात्रै कानून बनाउन जानेको छ भन्ने कुराबाट बाहिर निस्किनुपर्ने बताए ।

उनले सांसदको वृत्तभन्दा बाहिर पनि विषय विज्ञ र अनुभवी मानिसहरू भएका भन्दै कानून निर्माणमा उनीहरूको सुझावलाई पनि ग्रहण गर्नुपर्ने बताए ।

मन्त्री गिरीले कानूनका विद्यार्थीहरूसँग विषयमा निरन्तर छलफल गर्ने बताउँदै सल्लाह, सुझावलाई ग्रहण गर्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : ०५ बजे

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको