जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव | Khabarhub Khabarhub

जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजनाअन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको लगानीमा समपूरक अनुदानअन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधीन उक्त आयोजनाको सतर्कता केन्द्रको टोलीसहित मुख्यमन्त्री यादवले आज निरीक्षण गरेका हुन् ।

करिब २२ करोड ५३ लाख २३ हजारको कूल लागतमध्ये १० करोड ७४ लाख ५४ हजार आठ सय ६६ मा ठेक्का साकार भई निर्माणाधीन उक्त पक्की बाँधको काम समयमा पूरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । एक हजार एक सय ६८ हेक्टर भूमि सिञ्चित हुने उक्त बाँधबाट १० गाउँका करिब एक हजार छ सय ५० परिवार लाभान्वित हुनेछन् । 

अनुगमनमा सङ्घीय सांसद रामकृष्ण यादव, अनिता साह, प्रदेश सांसद रामआशिष यादव, सतर्कता केन्द्रका सचिव रामआधार साहसहित लगायत सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो ।

बाँधको निरीक्षणपछि मुख्यमन्त्री यादवले कृषिको विकासबिना मधेसको विकास सम्भव नहुने भएकाले मधेस सरकार कृषिसम्बन्धी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १ : ४० बजे

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ‘स्वच्छ, सुखी

माबिलुङ्ग इनर्जीको आइपीओ आउने 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्काशन

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

पोखरा– गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि

ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट 

पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश