भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस « Khabarhub

भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले बिहीबार ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको सम्झनामा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा रहेको लालकिल्लाबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने घोषणा गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिएका हुन् ।

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न आवश्यक कदमहरु चाल्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्री मोदीले कश्मीरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा भएको टिप्पणी गरे ।

उनले यससँगै एक देश, एक संविधान हासिल भएको र भारतले यसप्रति गर्व गर्ने बताए ।

सम्बोधनका क्रममा उनले जम्मू कश्मीर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढाएको बताउँदै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदाय अधिकारबाट बञ्चित भएको दोहो¥याए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  २ : ५६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा