म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि « Khabarhub

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो तीन अङ्कले अग्रता लिँदै घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो ।

शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार अग्रता लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ काविरुद्ध ९० अङ्क प्राप्त गर्दै उपाधि विजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङले ८६ अङ्क बटुल्यो ।

म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद रु पाँच हजार, विशिष्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद रु तीन हजार प्राप्त गरे ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषद्का सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषद्का लेखा प्रमुख नीलकण्ठ ढकाललगायतले संयुक्त रूपमा नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न छ जिल्लाका ४२ जना खेलाडीको सहभागिता रहेको थियो । यसैगरी आज बेनीमा भएको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङ्जाका दुजिक थापामगर विजेता भए ।

बेनीको खुल्लामञ्च खेलमैदानमा सम्पन्न प्रतियोगितामा १४ दशमलव ३१ मिटरको दूरी फाल्दै थापा विजेता बनेका हुन् । यसैगरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो बने । उनले १४ दशमलव २६ मिटरको दूरी फाले भने पर्वतका राजेन्द्र हमालले १३ मिटरको दूरी फाल्दै तेस्रो बने ।

च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे । प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीको सहभागिता थियो ।

गण्डकी प्रदेशअन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरूको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषद्ले विगत तीन वर्षदेखि लगातार यस प्रकारका प्रतियोगिता आयोजना गर्दै आएको छ ।

विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका प्रमुख सुरतबहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिता महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण नगरमा धेरै खेल पूर्वाधार निर्माणकार्य अधुरो रहेको बताए । उनले नगरमा खेलकुदको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १० : १२ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो