सेती लोकमार्ग : दश किलोमिटर कालोपत्र हुँदै « Khabarhub

सेती लोकमार्ग : दश किलोमिटर कालोपत्र हुँदै


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ ।

सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ ।सडक कालोपत्रका लागि ३१ करोड रुपैयाँ प्राप्त भएको छ ।

कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ ।

दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ ।

कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ ।

अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

चालु आर्थिक वर्षमा सो सडकका लागि १४ करोड बजेट विनियोजन भएकोे छ । सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा तीन करोड छुट्याइएको छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ७ : ५४ बजे

तराईमा हुस्सु र कुहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई

उदयपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

भेनेजुयला-अमेरिका तनाव : विश्व समुदायको चिन्ता

काठमाडौं – भेनेजुएलामा अमेरिकाले आक्रमण गरेपछि विश्वभरिबाट यसको समर्थन र

निर्वाचन ६० दिन बाँकीः आचारसंहिता- चुनावमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा