काठमाडौंसहित देशभर यसरी मनाइयो जनैपूर्णिमा « Khabarhub

काठमाडौंसहित देशभर यसरी मनाइयो जनैपूर्णिमा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बिहीबार जनैपूर्णिमा पर्व मनाइएको छ । हिन्दू धर्मावलम्बीले हातमा रक्षाबन्धन र तागाधारीहरुले जनै फेरेर यो पर्व मनाउँछन् ।

यो पर्वमा तराईमा चेलीले माइतीको हातमा राखी बाध्ने चलन छ । काठमाडौं उपत्यका विभिन्न मन्दिरहरुमा रक्षाबन्धन गर्नेहरुको घुइँचो लागेको थियो ।

यस्तै, मुलुकका विभिन्न मन्दिरहरुमा पनि रक्षाबन्धन बाध्नेहरुको भीड लाग्यो । काठमाडौं लगायत विभिन्न जिल्लामा मनाइएको जनैपूर्णिमाको केही तस्विर हेरौँ ।

काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट नारीमा डोरो बाध्दै बालक ।
मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा व्राह्मणको हातबाट रक्षाबन्धन बाँध्दै सर्वसाधारण ।
शुक्लागण्डकी नगरपालिका ८ फिर्दी बराहखोलास्थित मन्दिरमा जनै आमन्त्रण गरिदै । आजका दिन आमन्त्रित जनै वषैभरी पूजाआजामा प्रयोग गरिनुका साथै गुरु पुरोहितबाट रक्षाबन्धन हातमा बाँधिएमा वर्षभर सुख समृद्धि र रक्षा हुन्छ भन्ने जनविश्वास छ ।
मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन ।
काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार जनैपूर्णिमाका अवसरमा रक्षाबन्धनको डोरो नाडीमा बाध्दै बालिका ।
काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

तस्विर : रासस

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ३ : ४८ बजे

देउवालाई लिन गगन-विश्व विमानस्थल नपुगेको भन्दै रिसाए दुजाङ

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले