टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती « Khabarhub

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती

अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाले दुई ब्याट्सम्यानको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १९४ रन बनाएको हो।

क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए। उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भए।

आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ मा पहिलो अर्धशतक बनाएका क्यानडाका नवनीत धालिवाल । तस्बिरः क्रिकइन्फो

क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए।

क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरे।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिए। अमेरिकाले भर्खरै जवाफी ब्याटिङ सुरु गरेको छ। दोस्रो बलमै उसले पहिलो विकेट गुमाएको छ।

यो पनि पढ्नुहोस्

पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : २१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।