गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा « Khabarhub

गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने गृहमन्त्री लामिछानेको आदेशको आलोचना गर्दै उक्त काम तुरुन्त बन्द गर्न र कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात गर्न माग गरे ।

उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको आरोप समेत लगाए । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर गृहमन्त्रीले सडकमा उतारेको भन्दै प्रश्न गरे ।

‘सानातिना कुरामा मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन, कानुन अनुसार चलाउनुप¥यो । कसैको पनि शोषण गर्न पाइँदैन,’ उनले भने, ‘अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक चलाउने होइन । कानुनअनुसार मुलुक चलाउने पद्धतिको विकास होस् ।’

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत् ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकको नाममा सडकमा श्रम गराउने घोषणा गरेका थिए ।

भोलिपल्टदेखि नै प्रहरीले गृहमन्त्रीको घोषणा कार्यान्वयनमा ल्याएपछि कानुन बिना सजायस्वरुप सडकमा नागरिकलाई श्रम गराएको भन्दै आलोचना सुरु भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : ०७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत