ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासको खाँचो « Khabarhub

ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासको खाँचो


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ऊर्जालाई किफायती तवरले प्रयोग गरी ऊर्जाको खपत कम गर्न, ऊर्जाको आयात कम गर्न, ऊर्जाको पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न तथा ऊर्जा सुरक्षामा वृद्धि गर्न ऊर्जा दक्षतामा जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा यहाँ सम्पन्न सरोकारवालाहरुबीच ‘ऊर्जा दक्षतासम्बन्धी क्रियाकलापहरूको समन्वय, योजना र कार्यान्वयन अवधारणा’ विषयक दुई दिने कार्यशालामा सहभागीहरूले सबै जनतामा ऊर्जाको समुचित पहुँच तथा ऊर्जा सुरक्षामा योगदानबाट मात्रै देशले ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासबाट मात्रै फड्को मार्ने गर्न सक्ने धारणा राखेका थिए ।

कार्यशालामा ऊर्जा दक्षतासम्बन्धी कार्यहरू अझ चुस्त दुरुस्त रूपमा अगाडि बढाउन सरकारले ल्याएको राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ कार्यान्वयनमा सरकारी निकाय, प्राज्ञिक, निजी तथा वित्तीय क्षेत्र र मिडियाका प्रतिनिधिहरूले प्रस्तुति दिएका थिए ।

राष्ट्रिय ऊर्जा दक्षता रणनीतिको प्रमुख लक्ष्य ऊर्जा दक्षतामा वार्षिक सुधारको औसत दरलाई सन् २०३० सम्ममा दुई गुणा पुर्‍याउने रहेको छ, जुन गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा पनि घोषणा भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ सालमा जारी गरेको श्वेतपत्रमा पनि ऊर्जा दक्षता तथा ऊर्जा सुरक्षालाई महत्त्वपूर्ण रूपमा उठान गरेको छ । सो श्वेतपत्रले स्पष्ट रूपमा सङ्घ, प्रदेश र स्थानीय तहमा ऊर्जा दक्षता कार्यान्वयन गर्नका लागि मार्गदर्शन समेत गरेको छ ।

त्यस्तै, औद्योगिक विकासमा टेवा पुर्‍याउनाका साथै ऊर्जा दक्षताको प्रवर्द्धनका लागि औद्योगिक व्यवसाय ऐन, २०७६ कार्यान्वयनमा रहेको छ । अन्तर्राष्ट्रिय विकास सहायता नीति २०७६ ले पनि अन्तर्राष्ट्रिय विकास सहायता परिचालन एक द्वार प्रणालीमार्फत अवलम्बन गर्नु पर्ने व्यवस्था गरेको छ ।

हालै सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा पनि ऊर्जा दक्ष उपकरणहरू प्रयोग र ऊर्जा दक्ष भवनका निर्माणमा जोड दिइएको छ ।

समग्र क्षेत्रहरूमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका आयामहरूको कानुनी व्यवस्था गर्न ल्याउन लागिएको नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र संरक्षण विधेयकमा पनि नवीकरणीय ऊर्जा, ऊर्जा दक्षतासम्बन्धी दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न तथा समुचित स्रोत र साधनको विनियोजनको व्यवस्था गरिएको छ । यी विभिन्न कानुनी तथा नीतिगत व्यवस्थाअनुसार आगामी दिनमा ऊर्जा दक्षताका क्षेत्रमा गरिने कार्यका बारेमा सहभागीहरूले विभिन्न सुझाव दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले समग्र देशको औद्योगिक विकास, व्यापार तथा रोजगारको सिर्जना गरी गरिबी न्यूनीकरण गर्न ऊर्जाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै ऊर्जा दक्षतासम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल सरकारले हाम्रो मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई जिम्मेवार निकाय तोकिएको जानकारी दिए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा सन् १९८० को दशकदेखि नै ऊर्जा दक्षताका काम सुरु भए पनि सन् २०१८ मा रणनीति लागू भएपछि धेरै काम हुन सकेको उल्लेख गर्दै नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र संरक्षण विधेयक संसद्बाट पारित भएपछि यस क्षेत्रमा मुलुकले धेरै फड्को मार्न सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : ४२ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा