१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार  « Khabarhub

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ ।

आज नेप्सेमा ३२५ कम्पनीको ६५ हजार ६ सय ५४ कारोबारबाट ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । त्यस्तै आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रकम बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ६४ लाख, पोखरा फाइनान्सको १८ करोड ७० लाख र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : ४० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण