हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति, तनावमा किसान « Khabarhub

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति, तनावमा किसान


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति भएको छ ।

हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगरपालिकामा लगाइएको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।

हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहामा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव प्रसाद घिमिरेले बताए ।

हावाहुरीले चितवनका किसानहरूको करिब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए ।

चितवनमा हावाहुरीले हालसम्मकै धेरै केरा खेतीमा क्षति भएको किसानहरूले बताएका छन् । जेठमा यसरी हावा हुरी आएर क्षति होला भनेर कल्पनासमेत नगरेको किसानहरू अहिले तनावमा छन् ।

हावाहुरीले ११ बिगाहा जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगर पालिका ६ तुलसी पुरका किसान पुष्क सिंहले बताए ।

 

टिपेर बेच्ने बेला भएको केरा पूर्ण रूपमा क्षति हुँदा किसानहरू निराश भएका छन् । चितवनमा करिब ३ हजार ५ सय बिगाहामा केरा खेती भए पनि १ हजार ५ सय बिगाहाको केरामा मात्रै बिमा गरेका छन् ।

केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।

गत वर्ष बिमा कम्पनी दिनु पर्ने ४ करोड मध्य २ करोड रुपैयाँमा मात्र किसानले पाएको र २ करोड अझै बाँकी छ । किसानहरूले प्रतिबिगाहा बाट करिब १० लाखको हारीहारीमा केरा बिक्री गर्ने गरेका छन् ।

हाव हुरीले केरा खेतीमा ठूलो क्षति भए पछि किसानलाई क्षति पूर्तिको लागि पहल गर्ने उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए ।

हावाहुरीले ठूलो घाटा बेहोर्न बाध्य किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्ता थपिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : ४४ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र