प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा « Khabarhub

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र मनसुनको सुरुआतको तयारीबारे समीक्षा गरेका छन् ।

राजधानी नयाँदिल्लीमा आफ्नो निवासमा भएको बैठकमा उनलाई भारती मौसम विभाग (आइएमडी) को पूर्वानुमानअनुसार राजस्थान, गुजरात र मध्यप्रदेशका केही भागमा गर्मीको लहर जारी रहने सम्भावना रहेको जानकारी गराइएको छ ।

यस वर्ष मुलुकका अधिकांश भागमा मनसुन सामान्य र सामान्यभन्दा माथि र प्रायद्वीपीय भारतका केही भागमा सामान्यभन्दा तल रहने सम्भावना रहेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आगलागीका घटना रोक्न र व्यवस्थापनका लागि उचित अभ्यास गर्न निर्देशन दिए । ‘अस्पताल र अन्य सार्वजनिक स्थानहरूको फायर अडिट र विद्युत सुरक्षा अडित नियमित रूपमा गर्नुपर्छ’, उनले भने ।

उनले जङ्गलहरूमा फायरलाइन मर्मत र बायोबासको उत्पादक प्रयोगका लागि नियमित अभ्यासको योजना बनाउनुपर्ने बताए । उनले वनमा लागेको आगलागीको समयमै पहिचान र त्यसको व्यवस्थापनमा ‘वन अग्नि’ पोर्टलको उपयोगिताका बारेमा उल्लेख गरे ।

स्रोतहरूका अनुसार मुलुकका धेरै भाग प्रचण्ड गर्मीको चपेटामा परेसँगै राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) ले धेरै राज्यमा हिटस्ट्रोकबाट कम्तीमा ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतीय मौसम विभागले दक्षिण–पश्चिम मनसुन केरलको छटसँग ठोक्किएको र बिहीबार उत्तरपूर्वी भारतका केही भागमा अगाडि बढेको बताएको छ । यस वर्ष मनसुनको सुरुआत दुई दिनअघि भएको छ । मनसुनको सुरुआत सामान्यतया जुन १ मा हुन्छ ।

यस वर्ष केरलमा ठूलो मात्रामा प्रि–मनसुन वर्षा भएको छ । सन् २०२३ मा मनसुन सिजन (जुन–सेप्टेम्बर) मा पूरा मुलुकमा वर्षा लामो अवधिको औसत ९४ प्रतिशत थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : २२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले