नामिबियालाई ओमानले दियो ११० रनको चुनौती, रुबेनले एक्लै लिए ४ विकेट « Khabarhub

नामिबियालाई ओमानले दियो ११० रनको चुनौती, रुबेनले एक्लै लिए ४ विकेट


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत सोमबार बिहान भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो।  ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो।

ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो। नामिबियाका रुबेन ट्रम्पलम्यानले सुरुका दुई बलमा लगातार विकेट लिएका थिए।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिए। डेभिड विसे तीन विकेट हात पारे। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट हात पारे। केही बेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ।

यो पनि पढ्नुहोस्

टी-२० विश्वकप : नामिवियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै ओमान
नामिबियाले सुरुको दुई बलमा लगातार लियो ओमानको दुई विकेट

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ७ : ५७ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा