‘रोड वासर कम स्प्रिङकल’ प्रयोग गरी सडकको धुलो पखाल्दै इटहरी उपमहानगर « Khabarhub

‘रोड वासर कम स्प्रिङकल’ प्रयोग गरी सडकको धुलो पखाल्दै इटहरी उपमहानगर


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उप महानगरपालिकाले सडकको धुलो पखाल्न  ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ ।

सडकको किनारामा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’

उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए ।

इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो । मेयर पौडेलले रोड वासर कम स्प्रिङकलरले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए ।

उनले भने, ‘ उपमहानगरपालिकाभित्र आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ ।’

प्राविधिकहरूका अनुसार यसले आगलागीको वेला आगो निभाउन पनि सहयोग गर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : २५ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले