गृहमन्त्रीले भने : विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन « Khabarhub

गृहमन्त्रीले भने : विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐनकानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम सच्चाउन समेत निर्देशन दिएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछानले कानुनी एवम् प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ पनि स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ६ : ०७ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको