वाराणसीमा कडा प्रतिस्पर्धा, सुरुवाती रूझानमा पछि परेका मोदीले अग्रता बनाए | Khabarhub Khabarhub

वाराणसीमा कडा प्रतिस्पर्धा, सुरुवाती रूझानमा पछि परेका मोदीले अग्रता बनाए


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुरुवाती रुझानमा पछि परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी सिटमा फेरि अगाडि आएका छन् ।

दुई घण्टासम्म पछि परेका उनी अब अग्रता बनाउन सफल भएका हुन् ।

अहिलेको अवस्थामा मोदी बनारसमा ४९ हजार भोटले अगाडि निस्किएका हुन् ।

बिहान साढे १० बजेसम्म उनी कांग्रेसका अजय रायभन्दा पछि थिए । मोदी कुल ८५ हजार १५२ मतसहित अगाडि थिए । जहाँ अजय रायले ६३ हजार ५२३ मत ल्याएका थिए ।

त्यसअघि बिहान ९ बजेर ४० मिनेटसम्म कांग्रेस प्रदेश अध्‍यक्ष अजय राय यस सिटमा अगाडि थिए । यहाँ रायले अहिले पनि मोदीलाई कडा टक्कर दिइरहेका छन् ।

वाराणसी सिटमा मोदी र रायसहित अरु ६ जना प्रतिस्पर्धी छन् । जहाँ ताजा अवस्थामा मोदी ४९ हजार २३० भोटले अघि देखिएका हुन् ।

कांग्रेस गठबन्धनबाट अजय राय र बहुजन समाजवादी पार्टीबाट अतहर जमाल लारी मुख्य उम्मेदवार हुन् ।

सन् २०१४ र २०१९ को लोकसभा चुनावमा मोदीले वाराणसीमा भारी मतान्तरको जित निकालेका थिए । यहाँ सन् २०१४ मा कांग्रेसका अजय राय तेस्रो स्थानमा थिए । आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल त्यसबेला दोस्रो स्थानमा थिए । त्यसबेला मोदीले ३ लाख ७० हजार भन्दा फराकिलो मतको जित निकालेका थिए ।

लोकसभा चुनाव २०१९ मा अजय राय वाराणसीमा कांग्रेसका उम्मेदवार थिए । उनी त्यसबेला तेस्रो स्थानमा समेटिए । मोदीले ६३.६२ प्रतिशत मत ल्याएका थिए । बहुजन समाजवादीकी शालिनी यादवलाई उनले ४ लाख ७९ हजार मतको अन्तरले मोदीले हराएका थिए ।

यस पटक कांग्रेसका रायलाई समाजवादी प्रमुख अखिलेश यादवको साथ मिलेको छ । यस चुनावमा वाराणसीमा मोदीविरुद्ध कांग्रेस र सपाले सबै शक्ति लगाएको छ ।राहुल गान्धी र अखिलेश यादवदेखि लिएर डिम्पल-प्रियंकासम्म वाराणसीमा चुनाव प्रचारका लागि उत्रिएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ०६ बजे

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट– काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट

उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा