हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग सम्झौता | Khabarhub Khabarhub

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग सम्झौता


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि, गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैंक लिमिटेडबीच कर्मचारी तथा ग्राहक लक्षित गरी विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ४५ बजे

मधेसमा फुट्यो जनमत : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंह लागे जनस्वराज पार्टीतिर

जनकपुरधाम– मधेस प्रदेशमा जनमत पार्टी औपचारिक रूपमा फुटेको छ । निवर्तमान

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा

मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विषयमा

तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ

जेन–जी युवाले झण्डा ओढेर संसद्‍मा आगो लगाउन सक्दैनन्, गोलीकाण्ड नियोजित थियो

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ