भारतीय जनता पार्टीलाई झट्का लाग्नुका ५ कारण « Khabarhub

भारतीय जनता पार्टीलाई झट्का लाग्नुका ५ कारण


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : भारतीय संसद्को तल्लो सदन लोकसभा चुनावको मतगणना मंगलबार बिहानैदेखि जारी छ ।

यसअघि एग्जिट पोलमा भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत र ऊ नेतृत्वको एनडीए गठबन्धनलाई साढे ३ सयमाथि सिट मिल्ने अनुमान थियो । तर ती पूर्वानुमानलाई फेल खुवाउँदै प्रतिपक्षी दलहरु सशक्त रुपमा कमब्याक गर्न सफल भएका छन् ।

अधिकांश एग्जिट पोलमा एनडीएलाई ३५० भन्दामाथि सिटहरु दिइएको थियो । केही एग्जिट पोलको नतिजामा त एनडीएलाई ४०० को आँकडा छुने भनिएको थियो ।

एग्जिट पोलको नतिजा सार्वजनिक भएको ठीक तीन दिनपछि देखिएको चुनावी नतिजाहरुले भने सबैलाई चकित तुल्याइदिएको छ । अहिलेसम्मको मतगणनाको आंकडा हेर्दा भजपालाई ठूलै झड्का लागेको देखिन्छ ।

उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाव, हरियाणा, राजस्थानमा भाजपा नराम्रोसँग पछि परेको छ । उता कांग्रेस, समाजवादी पार्टीसहित विपक्षमा रहेका कयौँ दलहरुले जबरजस्त ‘कमब्याक’ गरेका छन् ।

आखिर कुन–कुन कारणले सत्तारुढ भाजपाले अपेक्षाकृत सिटमा जित निकाल्न सकस पर्‍यो त ?

१. केवल मोदीकै सहारा

पछिल्ला दुई महिनामा भाजपा र ऊ नेतृत्वको गठबन्धन एनडीएमा सहभागी दलहरुको चुनावी प्रचार–प्रसार नियाल्दा उनीहरु केवल प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार देखाएर चुनावी प्रतिष्पर्धामा होमिए ।

चुनावी र्‍याली र सभाहरुमा पार्टीका ठूला–साना सबै नेताहरु स्थानीय मुद्दाहरुमा केन्द्रित नभएको देखियो । पूरै चुनावी प्रचार केवल मोदीको जादुमा टिकेको थियो ।

भाजपाका उम्मेदवार र कार्यकर्ताहरु पनि जनतासँग जोडिएनन् । जसको परिणाम पार्टीले भोग्नु परेको छ । अर्कोतिर विपक्षी दलहरु लगातार महंगी र बेरोजगारी जस्ता मुद्दाहरुमा सरकारप्रतिको असन्तुष्टि जोडतोडका साथ उठाइरहे ।

२– मतदाताहरुको असन्तुष्टि

लोकसभा चुनावको परिणामले भाजपाले कयौँ ठूला मुद्दाहरुमा आफ्नै मतदाताको असन्तुष्टिको सामना गर्नु पर्‍यो । अग्निवीर र पेपर लिक जस्ता मुद्दा गुपचुप भाजपाविरुद्ध काम गरिरहे ।

मतदातबीचमा सेनामा चार वर्षको नोकरीपछि उनीहरुका बच्चाको भविष्य के हुने भन्ने भाष्य निर्माण भयो । पेपर लिकको मुद्दामा युवाको असन्तुष्टि बुझ्न भाजपा चुक्यो ।

प्रहरी भर्ना परीक्षाको मुद्दामा उत्तर प्रदेशको लखनऊमा भएको विरोध प्रदर्शन यसको अर्को कारण बन्यो । पार्टीका नेताहरु केवल नाराबाजीबाटै आफ्ना समर्थक र मतदातालाई खुसी बनाउन सकिने भ्रम पालेर बसे ।

३– महंगी

महंगीको मुद्दाले लोकसभा चुनावमा गरेको गहिरो असरलाई नकार्न सकिँदैन । पेट्रोल–डिजलदेखि खानपानका वस्तुहरुमा लगातार वृद्धि भइरहेको मूल्य सरकारविरुद्ध वातावरण बनाउन सहयोगी बन्यो ।

विपक्षीले यो मुद्दाको असरलाई अगाडि नै अनुमान गरेर हरेक चुनावी मञ्चमा ग्यास सिलिन्डरसहित भान्साको बजेट बढाउने अन्य वस्तुमा भएको मूल्यवृद्धिलाई मुद्दा बनाए ।

कांग्रेस नेता राहुल गान्धीले बढ्दो महंगीका लागि सरकार र भाजपाका आर्थिक नीतिहरु जिम्मेवार रहेको दाबी गर्दै अनेक स्थानमा प्रधानमन्त्री मोदीमाथि आक्रमण गरे । अर्कातिर भाजपाका नेता र केन्द्र सरकारका मन्त्रीहरु महंगीको मुद्दामा केवल आश्वासनयुक्त कुरामात्रै गरिरहे ।

४– बेरोजगारी

लोकसभा चुनावमा बेरोजगारीको मुद्दाले पनि ठूलो ‘फ्याक्टर’का रुपमा काम गर्‍यो । विपक्षले हरेक मञ्चमा सरकारको घेराउ गर्दै बेरोजगारी मुद्दामा जवाफ माग्यो ।

यहाँसम्म कि कांग्रेसले आफ्नो घोषणा पत्रमै केन्द्र सरकारको नेतृत्व पाए तत्काल ३० लाख सरकारी नोकरी दिइने बाचा गर्‍यो ।

मंगलबार घोषित चुनावी परिणामले राम मन्दिर, सीएए लागू गर्ने घोषणा र युनिफर्म सिभिल कोड जस्ता मुद्दा पनि केन्द्र सरकारविरुद्ध निर्माण भएको बेरोजगारीको मुद्दाको नोक्सानीबाट जोगाउन असफल रहेको संकेत गरेको छ ।

५– स्थानीय असन्तुष्टि

भाजपाले यो चुनावमा स्थानीयस्तरमा पनि ठूलो असनतुष्टिको सामना गर्नु पर्‍यो । कयौँ सिटहरुमा टिकट बाँडफाँटमा देखिएको असन्तुष्टि मतदानको दिनसम्म आइपुग्दा पनि मत्थर हुन सकेन ।

कार्यकर्ताहरुसँगै अन्य मतदाताको विरोध पनि केही सिटहरुमा देख्न मिलेको छ । कुल मिलाएर भन्दा भाजपा यो चुनावमा केवल उनै मुद्दाहरुको भरोसा पर्‍यो, जुन आम मतदाताबाट कोसौँ टाढा थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ७ : २८ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको