आन्तरिक उडानमा विदेशीलाई लिइने भाडादर घटाइने « Khabarhub

आन्तरिक उडानमा विदेशीलाई लिइने भाडादर घटाइने


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत देखाएका छन् ।

नागरिक उड्डयन प्राधिकरणद्धारा विहिबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत देखाएका हुन् ।

आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आइरहेको भन्दै उनले त्यसबारे व्यवसायीहरुसंग परामर्श गरेर छिटै निर्णय गरिने बताए । उनले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले हवाई जहाजमा प्रयोग हुने इन्धनको मुल्य सम्बन्धमा पनि छलफल गरिने बताए । उनले सार्वजनिक निजी साझेदारी मोडलमा उड्डयन विद्यालय स्थापना गर्ने सम्बन्धमा पहल भइरहेको र छिट्टै मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्मिलित कमिटी बनाउने जानकारी दिए ।

प्राधिकरणद्धारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र सकारात्मक हुने अपेक्षा राखेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : २३ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको