अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ? | Khabarhub Khabarhub

अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ?


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक बृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने आधारबाट अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ ।

थापाले राजस्वको लक्ष्य भेट्ने आधारबारे पनि सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

राष्ट्रिय गौरवको आयोजनाहरूमा न्यून बजेट विनियोजन गर्दा दशकौँसम्म पूरा हुन अवस्था नदेखिएको धारणा उनले राखे । पुँजीगत खर्चको योजनाबारे पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको मुख्य दल एमाले अध्यक्ष केपी शर्मा ओलीले नै बजेटसँग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए।

मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केही समयपछि बजेट आफैँले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्ने भन्दै थापाले कटाक्ष गरे ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : ५९ बजे

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने