टी–२० विश्वकप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै आयरल्याण्ड | Khabarhub Khabarhub

टी–२० विश्वकप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै आयरल्याण्ड


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत आयरल्याण्डविरुद्ध भारतले पहिले बलिङ गर्ने भएको छ ।

न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

यस विश्वकपमा दुवै टोलीको यो पहिलो खेल हो । टी२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

भारतीय टोलीले यस खेलको प्लेइङ–११ मा चाइनाम्यान बलर कुलदीप यादव, विकेटकिपर ब्याट्सम्यान सञ्जु सैमसन, लेग स्पिनर युजवेन्द्र चहल र ओपनर यशस्वीलाई समावेश गरेको छ ।

यस्तै आयरल्यान्डले क्रेग यंग, ​​नील रक, ग्राहम ह्युम र रस एडेयरलाई प्लेइङ ११ मा समावेश गरेको छैन।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ८ : १० बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा