टी-२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको चुनौती


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई १६५ रनको चुनौती दिएको छ।

टस जितेर ओमानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६४ रन बनाएको हो।

अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतक बनाए। वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे। मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६६ रन पूरा गरे।

कप्तान मिचेल मार्शले १४, ट्रेभिस हेडले १२ रन बनाए भने ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

अस्ट्रेलियाको सुरुवाती ब्याटिङ लाइनलाई कमजोर पार्न ओमानका मेहरान खानले दुई विकेट हात पार्दा विलाल खान र कलीमुल्लाहले समान एकएक विकेट लिए। केही बेरमा ओमानले जवाफी ब्याटिङ गर्दैछ।

समूह ‘बी’मा रहेको अस्ट्रेलिया विश्वकपमा पहिलो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा छ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : १० बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना