विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात : ओमान ३९ रनले पराजित « Khabarhub

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात : ओमान ३९ रनले पराजित


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले पहिलो खेलमा बिहीबार बिहान ओमानविरुद्ध ३९ रनको जित निकालेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमान पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रनमा समेटिएको हो।

टस जितेर ओमानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतक बनाए। वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे। मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६६ रन पूरा गरे।

कप्तान मिचेल मार्शले १४, ट्रेभिस हेडले १२ रन बनाए भने ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

ओमानका मेहरान खानले दुई विकेट हात पार्दा विलाल खान र कलीमुल्लाहले समान एकएक विकेट लिए।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानका लागि अयान खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। मेहरान खानले २७ रनमा बनाउँदा कप्तान अकिब इलियास १८ रनमा आउट भए। शकील अहमदले ११ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन विकेट हात पार्दा मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पाले समान दुईदुई विकेट लिए।

योसँगै समूह ‘बी’मा रहेको अस्ट्रेलियाले विश्वकपमा विजयी सुरुवात गरेको हो। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान भने दोस्रो खेलमासमेत खाता खोल्नबाट चुकेको छ। विश्वकपको समूह ‘बी’मा अस्ट्रेलिया, ओमान, नामिबिया, इङ्ग्ल्याण्ड र स्कटल्यान्ड छन्।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १० : १७ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ