मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या « Khabarhub

मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

पर्वतपूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ । 

सडक खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल नबन्दा सहज रुपमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चार मोटरेवल पुल निर्माणको तयारी छ । 

पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा मोटरेवल पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । 

कुश्मा–७ र ८ को बीचमापर्ने तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको निर्माणकार्य करिब ७५ प्रतिशत सम्पन्न भएको  इञ्जिनीयर धीरज ढकालले जानकारी दिए। करिब ६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्धबाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ । 

तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीन जनाको मृत्यु भएको थियो ।

इञ्जिनीयर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा हालसम्म कामको सुरुआत भएको छैन । कुश्मा-८ मै पर्ने सुन्दरे खोलाको पुल निर्माण गर्न डिजाइन स्वीकृत भइसकेको छ । ८० मिटर लामो पुल निर्माणको जिम्मा लुम्बिनी प्राकृतिक जेभिले लिएको छ ।

 यो पुलसँगै उक्त निर्माण कम्पनीले अन्य पुल निर्माणको पनि जिम्मा लिएको छ । निर्माण कम्पनीले मोदी गाउँपालिकाको पातीखोलाडिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको छ । मोदीखोलामा ६२ मिटर र पातीखोलामा दुवैतर्फ ५२-५२ मिटर लामा दुई पुल निर्माण हुनेछन् ।  पुलको  डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण निर्माणले गति लिन नसकेको इञ्जिनीयर ढकाल बताउँछन्। ती पुलको लागत रु ४४ करोड १५ लाख रहेको छ । 

मध्यपहाडी लोकमार्गअन्तरगत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारी साधनको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : २६ बजे

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौं– नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

अदानचुली– हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ