शपथ ग्रहण नगर्दै मोदीमाथि दबाब « Khabarhub

शपथ ग्रहण नगर्दै मोदीमाथि दबाब

जेडीयूले भन्यो- अग्निवीरको समीक्षा होस्, यूसीसीबारे छलफल चलाइयोस्


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.7k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका सहयोगी दलहरूको असर शपथ ग्रहणअगावै देखिन थालेको छ ।

भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएको एक महत्वपूर्ण घटक जनता दल युनाइटेड (जेडीयू) ले सैन्य भर्ना योजना अग्निवीर र समान नागरिक संहिता (यूसीसी) लाई लिएर अड्को थापेको छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमार नेतृत्वको जेडीयूका प्रवक्ता केसी त्यागीले अग्निवीर योजनाबारे पुनर्विचार गर्न आवश्यक देखिएको बताएका छन् । यसका साथै समान नागरिक संहिताबारे पनि सबै राजयसँग छलफल आवश्यक रहेको उनले जोड दिए ।

जेडीयूले अग्निवीर योजनाको असर भर्खरै सम्पन्न १८ औँ लोकसभा निर्वाचनमा देखिएको जनाएको छ । प्रवक्ता त्यागीले भने, ‘अग्निवीर योजनाबारे पुनर्विचार गर्न आवश्यक देखिएको छ । यस योजनाको चुनावमा विरोध भयो । यसको असर चुनावी परिणाममा देखियो ।’

कांग्रेसले लोकसभा निर्वाचनमा अग्निवीर योजनालाई मुद्दा बनाएको थियो । उसले आफू सत्तामा फर्किए उक्त योजनालाई रद्दीको टोकरीमा मिल्काउने बताएको थियो ।

अग्निवीर योजनाअन्तर्गत सेनामा भर्ना भएका राज्यहरुमा भाजपाको सिटमा कटौती भएको कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अग्निवीर योजनाअन्तर्गत सेनामा भर्ती भएका राज्यहरुमध्ये हरियाणामा भाजपाको सिट १० बाट घटेर ५ मा खुम्चिएको छ ।

पञ्जावमा भाजपा एक सिट पनि जित्न सफल भएन, उता राजस्थानमा भाजपाको सिट संख्या २४ बाट घटेर १४ पुग्यो ।

जेडीयू प्रवक्ता त्यागीले समान नागरिक संहिताबारे आफ्नो पार्टीको धारणा आजका दिनमा पनि स्पष्ट रहेको बताए ।

उनले संहिताबारे सबै राज्यसँग छलफल गरिनुपर्ने अडान यथावत रहेको बताए । त्यागीले जेडीयू एक राष्ट्र, एक निर्वाचनको समर्थनमा रहेको पनि अडान सार्वजनिक गरे ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ४ : ४५ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का