भाहिद बने मोरक्कोको मुख्य प्रशिक्षक « Khabarhub

भाहिद बने मोरक्कोको मुख्य प्रशिक्षक


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरक्कोको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा भाहिद हालिल्होडिक नियुक्त भएका छन् ।

मोरक्कोले बिहीबार सन् २०२२ को फिफा विश्वकपलाई मध्येनजर गर्दै बोस्नियाका भाहिदलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

६७ वर्षे प्रशिक्षक भाहिद निकै अनुभवी प्रशिक्षक मानिन्छन् । भाहिदले सन् २०१० मा आइभरी कोष्टलाई विश्वकपमा छनोट गराउन सफल भएका थिए ।

यस्तै उनि सन् २०१४ को विश्वकपमा अल्जेरिया र सन् २०१८ को विश्वकपमा जापानका मुख्य प्रशिक्षक रहेका थिए । उनी फ्रेन्च क्लब नान्टेसका प्रशिक्षक रहेका थिए ।

अफ्रिका कप अफ नेसन्समा खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक हेर्भी रेनार्डले राजीनामा दिएपछि मोरक्कोले भाहिदलाई अनुबन्ध गरेको हो ।

मोरक्कोसँग सम्झौता गरेपछि फ्रेन्च क्लब नान्टेस र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व खेलाडी समेत रहेका भाहिदले मोरक्कोलाई विश्वकपमा छनोट गराउने योजना रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना