भाहिद बने मोरक्कोको मुख्य प्रशिक्षक « Khabarhub

भाहिद बने मोरक्कोको मुख्य प्रशिक्षक


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरक्कोको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा भाहिद हालिल्होडिक नियुक्त भएका छन् ।

मोरक्कोले बिहीबार सन् २०२२ को फिफा विश्वकपलाई मध्येनजर गर्दै बोस्नियाका भाहिदलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

६७ वर्षे प्रशिक्षक भाहिद निकै अनुभवी प्रशिक्षक मानिन्छन् । भाहिदले सन् २०१० मा आइभरी कोष्टलाई विश्वकपमा छनोट गराउन सफल भएका थिए ।

यस्तै उनि सन् २०१४ को विश्वकपमा अल्जेरिया र सन् २०१८ को विश्वकपमा जापानका मुख्य प्रशिक्षक रहेका थिए । उनी फ्रेन्च क्लब नान्टेसका प्रशिक्षक रहेका थिए ।

अफ्रिका कप अफ नेसन्समा खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक हेर्भी रेनार्डले राजीनामा दिएपछि मोरक्कोले भाहिदलाई अनुबन्ध गरेको हो ।

मोरक्कोसँग सम्झौता गरेपछि फ्रेन्च क्लब नान्टेस र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व खेलाडी समेत रहेका भाहिदले मोरक्कोलाई विश्वकपमा छनोट गराउने योजना रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : १५ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः