चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम « Khabarhub

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका निम्ति आफ्ना मित्रहरूलाई प्रोत्साहन गर्न आह्वान गर्दै त्यस निम्ति महावाणिज्यदूतावासबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

उक्त महावाणिज्यदूतावासका अनुसार होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले चिनियाँ पर्यटकहरूलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्न नेपालका होटल व्यवसायी आतुर रहेका बताउँदै नेपाल भ्रमणमा आउन चिनियाँ नागरिकहरूलाई आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड, होटल सङ्घ नेपाल र महावाणिज्यदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा सिचुवान प्रान्तीय सरकार, छन्दु नगरपालिका, सिचुवान ट्राभल एजेन्सी सङ्घ, होटल सङ्घ चीनका प्रतिनिधिका साथै छन्दुमा रहेका नेपाली समाज र सञ्चारमाध्यमका प्रतिनिधि गरी दुई सयजनाभन्दा बढीको सहभागिता थियो । त्यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसैबीच, होटल सङ्घ नेपाल र सिचुवान ट्राभल एजेन्सी सङ्घबीच सहायता आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । दुवै संस्थाले सहकार्यसम्बन्धी उक्त समझदारीपत्र आदानप्रदान पनि गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १० : ४३ बजे

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र