जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक : मन्त्री अधिकारी « Khabarhub

जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक : मन्त्री अधिकारी


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले देशभर रहेका जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले देशभर रहेका सरकारी, सार्वजनिक, सामुदायिक, निजी तथा गुठीको जग्गाको अभिलेख अद्यावधि गर्न पुनः नापी आवश्यक रहेकामा जोड दिए  ।

उनले भने, ‘भूमिसम्बन्धी परापूर्वकालदेखिका कतिपय अभिलेख  धमिराले खाएको छ, यसलाई व्यवस्थित गर्न सकिएको छैन । गलत प्रक्रियाबाट भूमिसम्बन्धी काम भएको हुँदा केही जग्गा कारोबारको अभिलेख नै भेटिएको छैन, यसकारण देशभर पुनः नापी गर्न जरुरी छ ।’

पचासौँ वर्षदेखि बसोबास गरिरहेका नागरिक अझै पनि लालपुर्जाविहीन बनेको दृष्टान्त पेस गर्दै उनले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइनुपर्ने बताए ।

मुलुकका सबै स्थानमा गुठीको जग्गा रहेको र गुठी सञ्चालनका प्रक्रिया फरक फरक हुँदा समस्या पैदा भएको मन्त्री अधिकारीको भनाइ छ ।

‘प्रत्येक स्थानीय तहमा गुठी छ, यसको सञ्चालन प्रक्रिया बेग्लाबेग्लै छ । गुठीसम्बन्धी एकीकृत कानुन निर्माणको आवश्यकता छ, यसका लागि समितिले सरकारलाई सहयोग गर्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ५ : ०० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका