जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक : मन्त्री अधिकारी « Khabarhub

जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक : मन्त्री अधिकारी


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले देशभर रहेका जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले देशभर रहेका सरकारी, सार्वजनिक, सामुदायिक, निजी तथा गुठीको जग्गाको अभिलेख अद्यावधि गर्न पुनः नापी आवश्यक रहेकामा जोड दिए  ।

उनले भने, ‘भूमिसम्बन्धी परापूर्वकालदेखिका कतिपय अभिलेख  धमिराले खाएको छ, यसलाई व्यवस्थित गर्न सकिएको छैन । गलत प्रक्रियाबाट भूमिसम्बन्धी काम भएको हुँदा केही जग्गा कारोबारको अभिलेख नै भेटिएको छैन, यसकारण देशभर पुनः नापी गर्न जरुरी छ ।’

पचासौँ वर्षदेखि बसोबास गरिरहेका नागरिक अझै पनि लालपुर्जाविहीन बनेको दृष्टान्त पेस गर्दै उनले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइनुपर्ने बताए ।

मुलुकका सबै स्थानमा गुठीको जग्गा रहेको र गुठी सञ्चालनका प्रक्रिया फरक फरक हुँदा समस्या पैदा भएको मन्त्री अधिकारीको भनाइ छ ।

‘प्रत्येक स्थानीय तहमा गुठी छ, यसको सञ्चालन प्रक्रिया बेग्लाबेग्लै छ । गुठीसम्बन्धी एकीकृत कानुन निर्माणको आवश्यकता छ, यसका लागि समितिले सरकारलाई सहयोग गर्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ५ : ०० बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज