काश्मीरस्थित नियन्त्रण रेखामा गोली हानाहान, ८ को मृत्यु « Khabarhub

काश्मीरस्थित नियन्त्रण रेखामा गोली हानाहान, ८ को मृत्यु


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ ।
नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक शहीद भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले बताएका छन् ।
भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्वीटमा उल्लेख गरिएको छ । ट्वीटमा केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएको छैन ।

उनले लेखेका छन्, ‘सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ ।’ उनले भारत प्रशासित काश्मीरबाट भारतीय सेनाले नियन्त्रण रेखामा गोली चलाएको उल्लेख गरेका छन् ।

५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा अन्त्य गर्ने निर्णय गरे पनि सो क्षेत्रमा तनाव चुलिएको छ । काश्मीरमा सञ्चारमाध्यम बन्द छन् भने बजार पसलसमेत खुल्न सकेका छैनन् ।

धारा ३७० खारेज गरेकामा रुष्ट पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्दै व्यापारसमेत रोक्ने निर्णय गरेको छ । पछिल्लो गोली हानाहानको घटनाबारे भारतीय पक्ष भने मौन देखिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ३४ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा