डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट | Khabarhub Khabarhub

डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार राजधानी कोपेनहेगन सहरको मध्य भागस्थित चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका हुन्।

बीबीका अनुसार डेनमार्कको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ । प्रधानमन्त्रीलाई आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेका हुन्। आक्रमणकारी पक्राउ परेका छन्। यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छिन् ।’

आक्रमणकारीसँग सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले घटनालाई घृणित कार्य भनेकी छिन्।

 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १० : ३० बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड