अबको बाटो समाजवादी क्रान्ति : घनश्याम भुसाल « Khabarhub

अबको बाटो समाजवादी क्रान्ति : घनश्याम भुसाल


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको बाटो समाजवादी क्रान्तिको भएको बताउँदै त्यस दिशामा लाग्न सबैलाई अपिल गरेका छन् ।

पार्टीको दशौँ महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा आधारित नेपालमा समाजवादी क्रान्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीले समाजवादी क्रान्तिको बाटो अपनाएको उल्लेख गर्दै यो कार्यक्रमलाई देशभर लगिने बताए ।

महासचिव भुसालले एमाले अध्यक्ष केपी ओलीले एमाले चलाएपछि समाजवादी क्रान्ति तहस नहस भएको आरोप लगाए ।

उनले एमाले जोगाउन तत्कालीन अवस्थामा संसद विघटन गरेको भन्ने ओलीको भनाइको कटाक्ष गरे । उनले भने, ‘हिजो एकजना नेताले एउटा कार्यक्रममा कम्युनिस्ट पार्टी जोगाउन संसद विघटन गरे भन्नू भयो । यो कस्तो बाटो अपनाउँदै छौँ । सामन्तवादको चरित्र कहाँसम्म छ ? कम्युनिस्ट पार्टीहरू कहाँ पुगे । अब दलाल पुँजीवादलाई अन्त्य गरेर समाजवादमा जानुपर्छ ।’

समाजवादी अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा पार्टीका अन्य नेता कार्यकर्ताको उपस्थित थियो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १२ : ५५ बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई