व्यवसायमा सफल बन्न थाहा पाउनुपर्ने टिप्स | Khabarhub Khabarhub

व्यवसायमा सफल बन्न थाहा पाउनुपर्ने टिप्स


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईं कुनै व्यवसायको सुरुवात गर्दै हुनुहुन्छ ? अनि तपाईं व्यवसायमा सफलता चाहानुहुन्छ ? यदि त्यसो हो भने तपाईंले बास्तुलाई ध्यानमा राखेर ब्यवसायको सुरुवात गर्नुहोस् । यसो गर्दा तपाईंको व्यवसाय सफल हुन्छ ।

बास्तुशास्त्रीहरुका अनुसार, कुनैपनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनैपनि तोडफोडको आवश्यकता पर्दैन । केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

भारतका वास्तुशास्त्री खुशदिप बंशलले दिएको टिप्स अनुसार मेटल, कलर, मिरर, पिरामिड, घरका चिजवस्तुहरु, पेन्टिङ, लाइटको प्रयोग सही दिशामा हुनु आवश्यक छ । उनको भनाईमा वास्तुशास्त्र एक प्रयोगात्मक विज्ञान हो । आफ्नो कार्यालयको वास्तुदोष मेटाउन कुनैपनि तोडफोड गरिरहन पर्दैन, केही सामान्य कुरामा ध्यान दिए पुग्छ ।

जस्तो कार्यालयको पेन्टिङमा सामान्य परिवर्तन, चिजवस्तु राख्ने स्थानमा परिवर्तन, बत्ति सजावट परिवर्तन लगाएतका कुराले बास्तु दोष मेटाउन सकिन्छ ।

यस्ता छन् टिप्स

  • भवनको पुर्वी र पश्चिम दिशामा मात्र आफ्नो साइट कार्यालय बनाउनुहोस् ।
  • तपाईंले बनाउँदै गरेको प्लान्टको उत्तर र दक्षिण दिशामा झुक्किएर पनि कच्चा पदार्थ नराख्नुस् ।
  • सबैभन्दा पहिला प्लान्टको उत्तर दिशाबाट कन्स्ट्रक्सनको सुरुवात गर्नुहोस् ।
  • तपाईंको कार्यालयको दक्षिण पट्टि दौडदै गरेको १२ घोडाको मूर्ति वा चित्र राख्नुहोस् ।
  • कार्यालयको उत्तर वा दक्षिण क्षेत्रमा रातो हात्ती राख्दा तपाईको व्यवसाय फष्टाउने बास्तुशास्त्रीहरु बताउँछन् ।
  • कुनैपनि विक्री सँग सम्बन्धित काम गर्नका लागि भने पूर्वमा पश्चिमतर्फ मुख फर्काएर बस्ने गर्नुहोस् ।
  • बजारीकरणका लागि दक्षिण वा उत्तर दिशामा बस्ने गनुहोस् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : २० बजे

‘कल्ली’ को सुटिङ सेटबाट बाहिरियो अर्पणको चरित्र खुल्ने तस्बिर

काठमाडौं – नायक उत्तम प्रधानको कम ब्याक फिल्म ‘कल्ली’ को

गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य

काठमाडौं– सोमबार शेयर बजार राताम्य भएको छ । गत शुक्रबार

उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर बने माओवादी उपाध्यक्ष

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर– करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको

कालो मास्क लगाएर मौन प्रदर्शनमा उत्रिए शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक