नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्दा दायर


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ३ : ३९ बजे

रोहितको शतकमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

अख्तियारले आज ३४औँ स्थापना दिवस मनाइँदै

काठमाडौं– भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल