रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौँको सामान बरामद « Khabarhub

रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौँको सामान बरामद


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटसँगै मातहतका विभिन्न युनिटहरूले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौँ बराबरको सामान बरामद गरेको छ ।

जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भारतबाट अवैध रूपमा भित्र्याएको पाँच लाख ४३हजार ९३७ रुपैयाँ बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।

बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा विभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

त्यसैगरी भारतीय बजारबाट भन्सार छली अवैध रूपमा भित्र्याएको एक लाख २९ हजार ४५१ रुपैयाँ बराबरको कपडा , किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारबाहीको लागि आज आइतबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरेले कमान्ड सम्हाले पछि आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ५ : ३३ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।