मैदानमा उत्रिँदै भारत र पाकिस्तान, यस्तो रोचक थियो विश्वकपमा पहिलो भिडन्त « Khabarhub

मैदानमा उत्रिँदै भारत र पाकिस्तान, यस्तो रोचक थियो विश्वकपमा पहिलो भिडन्त


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी२० विश्वकप २०२४ अन्तर्गत आइतबार साँझ चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । र

राजनीतिक रुपमा पनि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीचको खेल विश्व क्रिकेट जगतमा सधैँ विशेष मानिन्छ ।

यी दुई देशले पछिल्लो एक दशकमा कुनै द्विपक्षी सिरिज खेलेका छैनन् । यस्तोमा दुवै टीमबीच आईसीसी या एसीसी प्रतियोगितामा मात्रै भेट हुने गरेको छ । त्यहीकारण दुवै देशका समर्थकका लागि आजको खेल व्यग्र प्रतीक्षाको विषय बनेको छ ।

टी२० विश्व कपमा यी दुई टीम आठौं पटक आमने-सामने हुँदैछन् ।

यसअघि टी२० विश्व कपका सातवटा भेटमा भारत र पाकिस्तान भिड्दा ६ पटकको नतिजा भारतको पक्षमा गएको छ । अर्कातिर एक पटक पाकिस्तानको टीमले बाजी मारेको छ ।

एक दिवसीय र टी२० दुवै विश्वकपको कुरा गर्दा भारतीय टीम केबल एक पटक पाकिस्तानसँग हारेको छ । यो खेल सन् २०२१ को टी२० विश्व कपअन्तर्गतको थियो, जहाँ पाकिस्तानले भारतलाई १० विकेटले माथ दिएको थियो।

रोचक पहिलो भिडन्त

सन् २००७ मा पहिलो टी-२० विश्व कप खेलिएको थियो । पहिलो विश्व कपको समूह चरणको १० औँ खेलमा भारत र पाकिस्तान भिडेका थिए ।

त्यसबेला पाकिस्तानका कप्तान शोएब मलिकले टस जितेर पहिले बलिङ रोजेका थिए। भारतले पहिले ब्याटिङ गर्दै रोबिन उथप्पाको अर्धशतकीय प्रदर्शनको बलमा २० ओभरबाट ६ विकेट गुमाएर १४१ रचको चुनौती दिएको थियो ।

यसको जवाफमा पाकिस्तानको टीमले ७ विकेट गुमाउँदै २० ओभरमा १४१ रन नै बनायो । त्यसबेला मिस्बाह उल हक सर्वाधिक ५३ रन बनाए । त्यसबेला सुपर ओभरको नियम थिए । त्यसैले बल आउट खेलाइन्थ्यो । जसमा दुवै टीमका तर्फबाट १-१ गरेर पाँच पटक बलरले विकेटमा हान्नु थियो ।

भारतबाट वीरेन्द्र सहवाग, रोबिन उथप्पा र हरभजन सिंहले विकेटमा प्रहार गर्न सके। जबकि पाकिस्तानको तर्फबाट उमर गुल, यासिर अराफात र शाहिद अफरिदी चुक्दा भारतले यो खेल जितेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ६ : ४७ बजे

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।