पाँचथरबाट फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु « Khabarhub

पाँचथरबाट फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपिन कार्की र नायिका मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु भएको छ । फिल्मका निर्देशक नवीन चौहानका अनुसार आइतबार पाँचथरमा शुभ मुहूर्त गरिएको हो ।

निर्देशक चौहानका अनुसार फिल्मको गीतबाट छायांकन सुरु गरिएको हो । परीक्षा लिम्बू र एलेक्स पारसले मुहूर्त सट दिएका हुन् । फिल्मको छायांकन ३५ दिनमा सक्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

फिल्मको छायांकन पाँचथरका विभिन्न स्थानमा हुने चौहानले बताए । फिल्ममा माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुणपुन मगर लगायतको अभिनय रहेने बताइएको छ ।

फिल्ममा निर्देशक चौहनकै लेखन रहेको छ । उनलाई सुरज कटुवालले साथ दिएका छन् । फिल्मको प्रदर्शन मिति तय भएको छैन । शरद ऋतुमै प्रदर्शन हुने सम्भावना रहेको निर्देशक चौहानले बताए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : २१ बजे

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौं– नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि