प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन् « Khabarhub

प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन्


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र त्यहाँका नवनियुक्त संघीयमन्त्री एस. जयशङ्करबीच सोमबार वार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनबारे कुरा भएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा कार्यकाल सफलतको शुभकामना दिए ।

उनले आगामी दिनमा दुई देशबीचको आपसी एवम् जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । मन्त्री जयशंकर दोस्रो कार्यकालमा पनि भारतीय विदेशमन्त्रीको भूमिकामा रहने सम्भावना छ ।

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद दिए ।

उनले दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको बताए ।

तिनमा सन्तोषजनक प्रगति भइरहेको जानकारी पनि जयशंकरले प्रचण्डलाई दिएका छन् ।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : १३ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा