प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन् | Khabarhub Khabarhub

प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन्


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र त्यहाँका नवनियुक्त संघीयमन्त्री एस. जयशङ्करबीच सोमबार वार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनबारे कुरा भएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा कार्यकाल सफलतको शुभकामना दिए ।

उनले आगामी दिनमा दुई देशबीचको आपसी एवम् जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । मन्त्री जयशंकर दोस्रो कार्यकालमा पनि भारतीय विदेशमन्त्रीको भूमिकामा रहने सम्भावना छ ।

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद दिए ।

उनले दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको बताए ।

तिनमा सन्तोषजनक प्रगति भइरहेको जानकारी पनि जयशंकरले प्रचण्डलाई दिएका छन् ।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : १३ बजे

बुधबार रामकुमारीदेखि किसानसम्मले एमालेमा फर्किएको घोषणा गर्ने

काठमाडौँ- नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि

कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री गगन थापा

एमालेले अपानि जारी गर्दै भन्योः संसद् विघटनले लोकतन्त्रविरोधी उत्साहित भए

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर