अन्तरजातीय विवाह गर्ने दश जोडीलाई महानगरको सम्मान « Khabarhub

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई महानगरको सम्मान


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ।

एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । 

यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।  

उनीहरूलाई महानगरले एक कार्यक्रमकाबीच एक जोडीलाई नगद एक–एक लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन् । उनले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  २ : ४२ बजे

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको