पर्सा मालपोतका ७ जना तत्कालीन अधिकृतहरू भ्रष्टाचारको एकै मुद्दामा दोषी ठहर « Khabarhub

पर्सा मालपोतका ७ जना तत्कालीन अधिकृतहरू भ्रष्टाचारको एकै मुद्दामा दोषी ठहर


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले मालपोत कार्यालयका ७ जना तत्कालीन अधिकृतहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले सोमबार ती ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको हो ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा जेल सजाय जरिवाना सुनाएको हो ।

विशेषले मिश्र, बोगटी, ढुंगाना, अर्याल र तिवारीको हकमा सजाय निर्धारणका लागि असार ५ गते पेशी तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ । उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ ।

उपाध्यायको यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्ने फैसला पनि विशेषले सुनाएको छ ।

उता मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ ।

त्यस्तै ढुंऊानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ ।

अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने भएको छ ।

के थियो प्रकरण ?

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबी अख्तियारले गरेको थियो ।

उक्त अवधिमा जग्गा किनबेचका क्रममा एकै रजिष्ट्रेशन नम्बर राखी लिखतहरू पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरू संलग्न भएको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत हरिणारायणविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ राजश्व हिनामिनाको मुद्दा चलाएको थियो ।

त्यसैगरी अर्का मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ हिनामिना गरेको मुद्दा थियो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ४६ बजे

अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’

काठमाडौँ – केही दिनअगाडि अमेरिकामा एक युवतीले आफूमाथि जबर्जस्ती करणी

विश्वकप हेर्न हिँडेका एन्फा पदाधिकारीलाई अध्यागमन विमानस्थलबाट फर्काइदियो

काठमाडौं- अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो

काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध