मंगलबारदेखि ललितपुरमा श्रमाधान रोजगार मेला हुँदै, शिक्षामन्त्रीले उद्घाटन गर्ने « Khabarhub

मंगलबारदेखि ललितपुरमा श्रमाधान रोजगार मेला हुँदै, शिक्षामन्त्रीले उद्घाटन गर्ने


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भई सकेको मन्त्रालयले जनाएको छ ।

मेलाको विषयमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजगार मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोशेढुगां साबित हुन हुने बताए ।

‘स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । मेलाले रोजगारी मात्रै हैन रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्ने विषयमा पनि जानकारी दिने उनले बताए ।

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले दैनिक बिदेसिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्त्वपूर्ण भएको बताए ।

‘नेपालमा रोजगारी नपाएर विदेशिनु पर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्राउनु पर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,’ उनले भने ।

ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गर्नेछिन् । मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ ।

मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् ।

मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहनेछ छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ५५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका