राखी सावन्तले गल्तीले शेयर गरिन् हनिमुनको तस्वीर, चश्मामा देखिए पति « Khabarhub

राखी सावन्तले गल्तीले शेयर गरिन् हनिमुनको तस्वीर, चश्मामा देखिए पति


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी ड्रामा क्वीन भनिने राखी सावन्त पछिल्लो समय अर्को नाटकका कारण चर्चामा छिन् । राखीले केही समयअघि बिहे गरेकी थिइन् तर आफ्नो बिहेका बारे दुनियाँलाई सेक्रेट राखेकी छिन् ।

उनले आफ्ना पतिको अनुहार सार्वजनिक नगरेका कारण पनि धेरैले राखीको बिहे भएको कुरालाई झूठ मानिरहेका थिए । तर, उनले शेयर गरेको हनिमुनवाला तस्वीरमा उनका पति पनि देखिए ।

खासमा राखीले तस्वीरमा चश्मा लगाएकी छिन् । तस्वीर लिँदा कालो चश्मामा उनका पति देखिएका छन् । उक्त तस्वीरमा पतिको अनुहार राम्रोसँग त देखिन्न तर भारतीय मिडियाले के अड्कल काटेका छन् भने उनी आफ्ना पतिसँग हनिमुनमा निस्केकी छिन् ।

राखीले सामाजिक सञ्जालमा लेखेकी छिन्, मेरा हनिमुन तस्वीर, मेरा पति बेस्ट है, मैले उनलाई माया गर्छु ।

यसअघि पनि राखीसँग पतिको तस्वीर देखाउन फ्यानले अनुरोध गरेका थिए । तर राखीले बिहेपछि पतिका कुनै पनि तस्वीर शेयर गरेकी छैनिन् । यसबारेमा राखीले भनेकी छिन् कि, पति क्यामेरामा आउनै चाहँदैनन् ।

राखीले २८ जुलाईमा बिहे गरेकी थिइन् । तर, एक डरका कारण उनले यो कुरालाई कतै पनि सार्वजनिक गरेनन् । डर, यो थियो कि, राखीको बिहेको खबरले उनलाई फिल्मबाट अफर नै नआउन सक्छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : ३४ बजे

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका